मकवानपुरको थाहा नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि स्वीकृत योजना कार्यान्वयनमा अघि बढेको छ । पालिकाले उपभोक्ता समिति मार्फत संचालन गर्ने १ सय ७८ योजनाका पदाअधिकारीहरुलाई अभिमुखीकरण गर्ने भएको छ ।

पालिकाले ७ भाद्रमा उपभोक्ता समितिका अध्यक्ष सचिव र कोषाध्यक्षको लागि अभिमुखीकरण गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिका अनुसार १७ देखि २४ भाद्रसम्म प्रत्येक वडामा अभिमुखीकरण कार्यक्रम संचालन हुनेछ । कार्यतालिका अनुसार वडा नम्बर १ र ६ मा १७ भाद्रमा, २, ३ र ४ नम्बर वडामा १८ भाद्रमा, ५ नम्बर वडामा १९ भाद्रमा, ७ नम्बरमा २० भाद्रमा, ८ नम्बरमा २१ भाद्र, २२ भाद्रमा ११ र १२ नम्बर वडामा तथा वडा नम्बर ९ र १० मा २४ भाद्रमा अभिमुखीकरण कार्यक्रम हुने भएको छ ।

योजना कायाृन्वयनको सम्पूर्ण विषयमा अभिमुखीकरण हुने प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले जानकारी दिए । उनले तोकिएको समय र स्थानमा सहभागी हु्न समेत उपभोक्ता समितिका पदाअधिकारीलाइ अनुरोध गरेका छन् ।

पालिका प्रेस
थप जानकारी