मकवानपुरको उत्तरी क्षेत्र इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ फाखेलमा रहेको श्री मितेरी बचत तथा ऋण सहकारी संस्थाले क्युआर कोड सेवा सुरु गरेको छ । विहीबार संस्थाको १७ औं स्थापना दिवसको अवसर पारेर क्युआर कोड सेवा सुरुवात गरिएको संस्थाका अध्यक्ष धनराज महर्जनले बताए । प्रविधिलाई अङ्गाल्दै सहकारीले शेयर सदस्यहरुलाई सहज बन्ने उद्देश्यले क्युआर कोड सेवा सुरु गरिएको अध्यक्ष महर्जनले बताए । उनले स्थापना दिवसको अवसरमा सहकारीलाई यहाँसम्म ल्याउने सबैसबैप्रति शुभकामना व्यक्त गरेका छन् ।

इन्द्रसरोवर गाउँपालिकाका निवर्तमान अध्यक्ष जीवन लामाको प्रमुख आतिथ्यता तथा वडा नम्बर ५का वडाध्यक्ष दुतराज तितुङ र वडा नम्बर ४ का वडाध्यक्ष चन्द्रकुमार बलको आतिथ्यता रहेको थियो । कार्यक्रममा गाउँपालिकाका कार्यपालिका सदस्य, संस्थाका सल्लाहकार, पदाधिकारीको आतिथ्यता रहेको थियो ।

इन्द्रसरोवर गाउँपालिकाको साविक फाखेल गाविसलाई कार्यक्षेत्र बनाएर आफ्ना शेयर सदस्यलाई सेवा प्रदान गरिरहेको संस्थाका व्यवस्थापक सरोज थापा मगरले बताए ।

सहकारीले असार मसान्त सम्ममा आफ्ना शेयर सदस्यलाई ११ करोड ८ लाख ७ हजार १४५ रुपैयाँ लगानी गरेको छ भने शेयर सदस्यले संस्थामा गरेको बचत रकम १० करोड ५३ लाख ५७ हजार ६५२ रुपैयाँ रहेको व्यवस्थापक थापामगरले बताए । उनका अनुसार संस्थाको शेयरपुँजी १ करोड ५१ लाख ९५ हजार पाँच सय रहेको छ । संस्थामा महिला ७६८ जना र पुरुष ८३७ जना गरि १ हजार ६०५ जना  शेयर सदस्य आवद्ध रहेका छन् ।

पालिका प्रेस
थप जानकारी