मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाका विभिन्न आयोजनाहरूको अनुगमन गरिएको छ ।

गाउँपालिका उपाध्यक्ष तथा योजना अनुगमन समितिका संयोजक उमा कुमारी लामाको नेतृत्वमा ५ र ६ माघमा भएको अनुगमन टोलीले चालु आर्थिक वर्षमा उपभोक्ता समितिद्वारा गरिएको आयोजनाहरुको अनुगमन गरिएको हो । अनुगमन टोलीले गाउँपालिकामा निर्माणधीन सामुदायिक भवन, विद्यालय भवन, निर्माणधीन सडकहरुको अनुगमन गरिएको थियो।

अनुगमन टोलीमा योजना तथा प्रशासकीय अधिकृत दीपक चापागाई, इन्जिनियर विमल मोक्तान, योजना शाखाबाट गंगा राई, कार्यपालिका सदस्य, वडा सदस्य, सम्बन्धित वडाका वडा प्राविधिक लगायतकाको सहभागिता रहेको थियो ।

 

 

गणेश विष्ट
थप जानकारी