बागमती प्रदेश सरकारले चेपाङ जातिको पर्व न्वागीको अवसरमा मकवानपुर, चितवन र धादिङ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

१८ भाद्रमा बसेको प्रदेश सरकार मन्त्रीपरिषद् बैठकले चेपाङहरुको राष्ट्रिय पर्व न्वागी (छोनाम) को अवसरमा मकवानपुर, चितवन र धादिङ जिल्लामा भदौ २२ गते सार्वजनिक विदा दिने निर्णय गरेको सरकार प्रवक्ता एवम् आन्तरिक ममिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी