उपभोक्ता समितिमार्फत गरिने विकास निर्माणका कार्यहरु सहज रुपमा सम्पन्न गर्न मनहरी गाउँपालिकामा जनप्रतिनिधि र वडासचिवलाई अभिमूखीकरण गरिएको छ ।

मनहरी गाउँपालिकाले वडासदस्य तथा वडासचिवलाई उपभोक्ता समितिसम्बन्धी उपभोक्ता समिति गठन प्रक्रिया, योजना सञ्चालन र फछ्र्यौटलगायतको बिषयमा १८ र १९ भाद्रमा अभिमूखीकरण सहित तालिम दिइएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले दिगो विकास र गुणस्तरीय योजना सन्चालन गर्न यस कार्यक्रमले प्रेरणा मिल्ने बताए । उनले सम्पूर्ण योजना कार्यान्वयनको चरणमा गुणस्तरमा विशेष ध्यान दिन सुझाव दिए । ‘समिति गठन प्रक्रियामा सम्बन्धित टोल वा स्थानका व्यक्तिलाई समितिमा समावेश गरी ेजना संचालन गर्नुपर्छ’ उनले भने ।

यसैगरी प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले पारदर्र्शी, दिगो र जनमुखी ढड्डबाट योजना संचालन र कार्यान्वयन गर्न वडासचिव तथा सदस्यहरुलाई सुझाव दिए । योजना संचालनमा आइपर्ने बाधाहरुको विषयमा सम्बन्धित वडाका जनप्रतिनिधि जानकर भएमात्र गुणस्तरीय र परिणाममुखी कार्य गर्न सकिने उनले बताए ।

२ दिनसम्म संचालन भएको तालिमलाई गाउँपालिकाका योजना शाखा प्रमुख राजेन्द्रप्रसाद चौलागाईंले आगामी दिनहरुमा वडामा संचालन हुने योजनाका उपभोक्ता समितिलाई सबै वडामा पुगेर तालिम दिइने योजना शाखा प्रमुख चौलागाईंले बताए । योजना अनुगमन तथा सुपरीवेक्षण समितिका सदस्य सविता सुवेदी बर्तौलाको सभाध्यक्षतामा भएको कार्यक्रममा ९ वटै वडाका वडासचिव एवं जनप्रतिनिधिको सहभागिता थियो ।

पालिका प्रेस
थप जानकारी