थाहानगर उद्योग वाणिज्य संघको प्रथम नगर अधिवेशनबाट अध्यक्ष पदमा पुरुषोत्तम ढकाल निर्विरोध निर्वाचित भएका छन् । २३ भाद्रमा भएको अधिवेशनले ढकालको नेतृत्वमा सबै पदहरुमा निर्विरोध निर्वाचित भएको हो । ढकाल अघिल्लो कार्यकालमा वरिष्ठ उपाध्यक्ष थिए ।
नव गठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा शम्भु सिं कार्की, उपाध्यक्ष (वाणिज्य) सुरेन्द्रमान प्रधान, उपाध्यक्ष (उद्योग) सानुकाजी गोपाली, उपाध्यक्ष (वस्तुगत) राजेन्द्र बिडारी, महासचिव जर्मलाल श्रेष्ठ, सचिव श्रीराम कार्की, सह–कोषाध्यक्ष निरोज प्रधान सर्वसम्मत भएका हुन् । समितिको सदस्यहरु (वाणिज्य)मा बलराम थापा, बिक्रम केसी, अञ्जल प्रधान, धर्मलाल प्रधान, ईश्वर कार्की, यादव जंग रायमाझी र जयराम खत्री के.सी. सर्वसम्मत भएका छन् ।

यसैगरी, ४ उद्योगतर्फका सदस्यहरुमा आरती श्रेष्ठ, सुमन विष्ट, राजन प्रसाद ढकाल र हरेराम कार्की निर्विरोध भएका छन् । संघको कार्यसमिति सदस्य (वस्तुगत) तर्फ सुबिन्द्रमान प्रधान, वाणिज्य सदस्य (महिला) यशोदा अधिकारी निर्विरोध भएको निर्वाचन अधिकृत विवेक मानन्धरले जानकारी दिए ।
यसैबीच थाहा नगरका प्रमुख विष्णु बहादुर विष्टले कृषि र पर्यटनको क्षेत्रमा अघि बढिरहेको मकवानपुरको थाहानगरको विकासका लागि निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने बताएका छन् । थाहानगर उद्योग वाणिज्य संघको आठौं वार्षिक साधारणसभामा प्रमुख अतिथि विष्टले थाहानगरको समग्र विकासका लागि उद्योग वाणिज्य संघको भूमिका महत्वपूर्ण रहने हुँदा थाहामा लगानी भित्र्याउन निजी क्षेत्रलाई आव्हान गरे ।

संघका अध्यक्ष कबिराज खत्रीको सभाध्यक्षतामा भएको सभामा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठ, थाहा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत कृष्ण गिरी, थाहा नगरपालिका ६ नम्बर वडा अध्यक्ष राजनभक्त श्रेष्ठ, नेकपा माओवादी केन्द्र थाहाका सचिव लक्ष्मण विष्टलगायतले वर्तमान अवस्थामा निजी क्षेत्रले भोगिरहेको समस्यामा संस्थाले खेल्नु पर्ने भूमिकाका बारेमा बताएका थिए ।


















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्