सरुवा मन्त्रालयका रूपमा चित्रित संघीय मामिला तथा सामान्य प्रशासनले सात दिने म्याद राखेर प्रकाशित गरेको सूचना दुई पछि मात्रै सार्वजनिक गरेको भेटिएको छ । मन्त्रालयले आइतबार दिउँसो ३ बजेर नौ मिनेट ४७ सेकेन्डमा मोफागा डट जीओभी डट एनपीमा एउटा रिक्त स्थानीय तहमा खटिन इच्छुक कर्मचारीहरूले निवेदन पेश गर्ने सम्बन्धी सूचनामा दुई दिन पछि मात्रै अपलोड गरेको हो ।सात दिने अर्थात् २०८० भाद्र २८ गतेसम्म निवेदन दिन भन्दै जारी गरेको सूचनाको मितिमा २०८०/०५/२२ गते लेखिएको छ । यसले मन्त्रालय प्रविधिसँग कति सजग छ भन्ने कुरा त दर्साउँछ नै, सबैलाई जानकारी पुगोस् भन्ने भन्दा पनि औपचारिकता मात्रै निर्वाह गरेको झल्किन्छ ।

खुसुखुसु सरुवा गर्ने र त्यसैगरी सदर बदर गर्ने गरेको गुनासो कर्मचारीमा व्यापक छ । पछिल्लो समय हरेक दिन जसो सरुवा हुने गरेको मन्त्रालय स्रोत बताउँछ तर त्यो सूची भने गुपचुप राखिने र भित्रभित्रै अनेकथरी मिलाएर चलखेलसमेत गर्ने गरेको अधिकारी बताउँछन् ।

-प्रशासनको सहयोगमा

 

पालिका प्रेस
थप जानकारी