पर्यटकीय थाहानगरको चित्लाङमा नगरमै पहिलोपटक प्याराग्लाइडिङ शुरु गरिएको छ । यसअघि नगरको विभिन्न स्थानमा प्याराग्लाइडिङको सफल परीक्षण भए पनि औपचारिक शुरुवात हुन सकेको थिएन ।

अहिले चित्लाङमा पनि परीक्षण भइरहेको भए पनि सञ्चालनको सबै कानूनी प्रक्रिया पूरा भएको र पटकपटकको परीक्षण सफल भएकोले यसले निरन्तरता पाउने थाहा–९ का वडा अध्यक्ष राजकुमार बलामीले विश्वास व्यक्त गरे । उनका अनुसार ९ असोजमा मात्र १८ वटा परीक्षण उडान सफल भएको छ ।

एक वृहद् कार्यक्रमको आयोजना गरी प्याराग्लाइडिङको औपचारिक उद्घाटन गरिने वडा अध्यक्ष बलामीले जानकारी दिए । लामो समयदेखि चित्लाङको आकासमा प्याराग्लाइडिङ उडाउने सपना पूरा हुन लागेकोमा पर्यटनकर्मी देवेन्द्र नेपालले खुशी व्यक्त गरे ।

प्याराग्लाइडिङ सञ्चालनबाट स्थानीय पर्यटनमा सहयोग पुग्ने प्याराग्लाइडिङ सञ्चालक बाबु एड्भेन्चरका प्रबन्धनिर्देशक सानुबाबु सुनुवारले विश्वास व्यक्त गरे । यसबाट चित्लाङको पर्यटनमा नयाँ अध्याय शुरुवात भएको स्थानीय राजेन्द्र बलामीले बताए ।

पालिका प्रेस
थप जानकारी