

मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा राजेन्द्र कार्की हाजिर भएका छन् । प्रमुख प्रशासकीय अधिकृत कार्कीले १४ असोजमा हाजिर भएको मकवानपुरगढी गाउँपालिकाका सूचना अधिकारी रामबहादुर घलानले जानकारी दिए ।
यसअघिका प्रमुख प्रशासकीय अधिकृतमा शैलेन्द्र भण्डारी संघीय सरकारको खानेपानी मन्त्रालयमा शाखा अधिकृतमा रुपमा सरुवा भएका हुन् । कार्की यसअघि सिन्धुली जिल्लाको फिकल गाउँपालिकामा शाखा अधिकृतको रुपमा कार्यरत थिए । १४ असोजमा गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान, उपाध्यक्ष मानकुमारी नेपालीसहित वडा अध्यक्षहरु, कर्मचारीको उपस्थितिमा कार्कीलाई स्वागत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्