मकवानपुर इन्द्रसरोवर गाउँपालिकाको मार्खुमा रहेको सृजना महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक साधारण सभा भएको छ । २० असोजमा मार्खुको सरस्वती बालबोधनी माविको प्राङ्गणमा साधारण सभा भएको हो । इन्द्रसरोवर गाउँपालिका उपाध्यक्ष उमा कुमारी लामाको प्रमुख आतिथ्यमा साधारण सभाको विशेष अतिथीमा वडा नम्बर १ का वडाध्यक्ष सुवास थापा र जिल्ला बचत संघकी कोषाध्यक्ष विष्णुमायाँ लामा रहेका थिए ।

साधारण सभाले अध्यक्ष बिमला श्रेष्ठले पेश गरेको प्रगती प्रतिवेदन, सानुमायाँ लाकाले पशे गरेको प्रगती तथा नीति, कार्यक्रमसहितको प्रतिवेदन, विष्णुमायाँ लामाले पेश गरेको आर्थिक तथा वार्षिक अनुमानित बजेट र आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ । लक्ष्मी रिमाले सञ्चालन गरेको सभाको औपचारिक कार्यक्रम संस्थाकी अध्यक्ष बिमला श्रेष्ठको सभाध्यक्ष्तामा भएको थियो ।

साधारण सभाको अवसरमा सहकारीकी ज्येष्ठ सदस्य कान्छि थिङ (क), ठूलीमायाँ घिसिङ, लक्ष्मी भोम्जन र बसलीमायाँ बललाई सम्मान गरिएको छ । उत्कृष्ट बचतकर्तातर्फ जुनेली पाख्रिन, शर्मिला थापा, यशोधा बस्नेत र पदमकुमारी थापालाई सम्मान गरिएको छ । त्यस्तै असल ऋणी पुरस्कार कान्छी गोले, रेणु स्याङ्बो, साइली भोम्जन र साइली घलानले पाएका छन् भने उत्कृष्ट बाल बचततर्फको पुरस्कार भने डेनियल श्रेष्ठ र अमिन भ्लोनले पाएका छन् । सहकारीको उत्कृष्ट किशोर किशोरी बचतकर्ता पुरस्कार भने यसवर्ष गरिसा स्याङ्तान र इशा तामाङले पाएका छन् ।

कार्यक्रममा इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष सुवास थापा, पूर्व वडाध्यक्ष जमानसिंह वाइवा, प्रमुख अतिथी लामालगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा मत्स्या विकास केन्द्र मार्खुका मोहन यादव, इन्द्रसरोवर मत्स्य व्यवसायी संघका अध्यक्ष सनक कुमार नगरकोटी, इन्द्रसरोवर कृषि सहकारीका अध्यक्ष विश्व लामा, स्थानीय समाजसेवी राजु बस्नेत, सहदेव कुमार रिमाल, रेडियो इन्द्रसरोवरका अध्यक्ष मणीराज थापालगायतकाको आतिथ्यता रहेको थियो ।

यसैबीच सृजना महिला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः बिमला श्रेष्ठ नै निर्वाचित भएकी छिन् । २४ औं साधारसभाबाट श्रेष्ठ अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएकी हुन् । सहकारी सञ्चालक समितिको उपाध्यक्षमा सानुमैयाँ लामा, सचिवमा आइतीमायाँ थिङ, कोषाध्यक्षमा लिालामायाँ लामा सर्वसम्मत निर्वाचित भएका हुन् । त्यस्तै सदस्यहरुमा चिनीकुमारी थापामगर, लिलीमायाँ भ्लोन, सरिता बस्नेत तथा तामाङ र कल्पना विष्ट र्निाचित भएको निर्वाचन समिति संयोजक सहदेव कुमार रिमालले जानकारी दिए । सहकारीको लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा सुभद्रा लामा र सदस्यहरुमा सावित्री गौतम तथा विष्णुमायाँ तामाङ निर्वाचित भएका छन् । सहदेव कुमार रिमालको संयोजकत्वमा गठित निर्वाचन समितिमा जमानसिंह वाइवा र राजु बस्नेत सदस्य रहेका थिए ।

कुल १ हजार १०४ शेयर सदस्य रहेको सहकारीको शेयर पुँजी ९९ लाख ४६ हजार २ सय रहेको छ भने कुल बचत ७ करोड ४८ लाख २६ हजार ६११ ,पुगेको साधारण साभा जानकारी गराइएको थियो । सहकारीले आर्थिक वर्ष २०७९/०८० सम्म कुल ७ करोड ८४ लाख १३ हजार ९९२ रुपियाँ ऋण लगानी गरेको छ । १० करोड ४९ लाख २२ हजार ३५० कारोबार गरेको सृजना महिला बचतले ३७ लाख ७५ हजार १०९ रुपियाँ नाफ गरेको साधारण सभामा आफ्ना सदस्यहरुलाई जानकारी गराएको छ ।