थाहानगरलाई संघीय राजधानी जोड्नो छोटो मार्ग चित्लाङ–चन्द्रागिरी थानकोट सडक (गणेशमान सिंह मार्ग) को मर्मत संभार सम्बन्धी कार्य शुरु भएको छ । नजिकिदै गरेको दशै तथा तिहारमा उक्त सडकमा सवारी चाप पर्ने र वर्खाको बेला जीर्ण बनेको उक्त सडकको सडक विभागले मर्मत संभार थालेको हो ।

यसअघि २२ असोजमा थाहा नगरपालिकाले सडक विभाग बबरमहललाई पत्राचार गर्दै वर्षाको कारण चित्लाङ चन्द्रागिरी सडक गणेशमान सिंह मार्गमा सवारी साधन चल्न असहज भएकोले सडक मर्मतको अनुरोध गरेको थियो । उक्त सडक मर्मतका लागि सडक विभागले एउटा जेसिबी र ट्रिपर परिचालन गरेको छ । सडकमा बर्खाको बेला सडकमा झरेको पहिरो र नालामा खसेको पहिरो पन्छाउने कायृहरु भैरहेको छ । साथै सडक क्षेत्रको सरसफाई गर्दै खाल्डाखुल्डी समेत पुर्ने कार्य भईरहेको सडक विभाग बबरमहलले जनाएको छ ।

चित्लाङ–चन्द्रागिरी थानकोट सडक हुँदै थाहा नगरपालिकासहित कैलाश, भिमफेदी, हेटौंडा तथा विरगञ्ज आवतजावत गर्ने सवारीसाधनहरु सञ्चालन हुँदै आएको छ । सडक जीर्ण हुँदा यात्रुहरुले सास्ती ब्यहोर्दै आएका थिए ।

 

पालिका प्रेस
थप जानकारी