

मकवानपुर थाहा नगरपालिका र च्वाइस नेपालको संयुक्त लगानीमा निर्मण हुँदै गरेको चित्लाङ स्वास्थ्य चौकी भवनको निर्माण कार्यमा बिदेशी दाताहरु पनि श्रमदानमा सहभागी भएका छन् । करिव चार महिना अगाडि शिलान्यास गरिएको १४ कोठे स्वास्थ्यचौकी भवनको निर्माण कार्य अनुगमन सहितको श्रमदान गर्नका लागि डोटरा हिलिङ हेन्ड फाउन्डेसन अन्तरगत चिन र अमेरिकाका ५४ जना दाताहरु बुधबार स्वास्थ्यचौकी भवन निर्माणस्थल चित्लाङ आईपुगेका च्वाइस नेपालका प्रताप घिमिरेले बताए ।
दाताहरुलाई थाहा नगरपालिका वडा नंम्बर ९ का अध्यक्ष राजकुमार बलामी, स्वास्थ्य चौकी निर्माण समितिका अध्यक्ष राजिव नापित र स्थानीयले स्वागत गरेका थिए । दाताहरुको बसाई तीन दिनको हुने र उक्त दिनमा स्वास्थ्य चौकी भवन निर्माणको अनुगमनका साथै निर्माण कार्यमा श्रमदान गर्ने, स्थानीय किशोरी लक्षित कार्यक्रम गर्ने, चित्लाङमा रहेका ५ वटा बिद्यालयमा अध्ययन गर्ने २० जना बिद्यार्थीलाई छात्रबृति प्रदान गर्ने कार्यक्रम रहेको च्वाइस नेपालका घिमिरेले बताए ।
पहिलो बर्षमा स्वास्थ्य चौकी भवन निर्माण गरिने, दोश्रो बर्ष स्वास्थ्य संस्थालाई आधुनिक उपकरण सहित प्रबिधिमैत्री बनाइने र तेस्रो बर्ष कर्मचारी र स्वास्थ्यकर्मीहरुको क्षमता बिकास गरि दक्ष बनाउन बिभिन्न तालिम कार्यक्रम संचालन गरिने च्वाईस नेपालका कार्यकारी निर्देशक प्रतीक शर्माले बताए ।
प्रतिक्रिया दिनुहोस्