पूर्वी नवलपरासीस्थित मधबिन्दु नगरपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ । शुक्रबार मध्यबिन्दु नगरपालिकाले किसानलाई ६ वटा हाते ट्रयाक्टर र ४९ वटा बिरुवा रोप्ने औजार वितरण गरेको हो ।

किसानलाई कृषिमा व्यवसायीक बनाउन दक्षिण कोरियाको संस्था कोइकाको सहयोगमा औजार हस्तान्तरण गरिएको हो । कार्यक्रममा किसानको जीवनस्तर उकास्न र व्यवसायिक कृषि खेतीमा सघाउन करिब १० लाख मूल्य बराबरको कृषि औजार वितरण गरिएको हो ।

कृषि औजार पाएसँगै किसानहरु खुसी एका छन् । कृषि औजारको प्रयोगले व्यवसायिक खेती र उत्पादन वृद्धि हुने अपेक्षा गरिएको छ ।

पालिका प्रेस
थप जानकारी