थाहा नगरपालिकाको ईन्द्रायणी चौरमा १४ मंसिरबाट शुरु हुने चौथो थाहा महोत्सवको तयारी धमाधम भैरहेको छ । महोत्सवमा राखिने स्टल र मनोरञ्जनात्मक सामाग्री निर्माणको काम अहिले धमाधम भैरहेको छ । थाहा नगर उद्योग वाणिज्य संघको मुख्य आयोजना तथा थाहा नगरपालिकाको आयोजना र ईन्द्रायणी काला भैरव गुठिको सहआयोजनामा हुने भएको हो ।

यही मंसिर १४ गतेदेखी २६ गतेसम्म १० दिनसम्म सञ्चालन हुन लागेको हो । महोत्सवमा कृषि उपज, घरेलु हस्तकला, स्थानीय उत्पादन, कुलेखानीको माछा, नेवारी परिकार बिक्री तथा प्रदर्शनी, सूचना प्रविधि सम्बन्धि जानकारी, दैनिक उपभोग्य सामाग्रीको बिक्री लगायतका सामाग्री राखिने महोत्सव आयोजक मुल समिती संयोजक पुरुषोत्तम ढकालले बताए ।

महोत्सवमा रोटे पिङ, बाल उद्यानका सामाग्री, आकर्षण टिकटक स्टेज, ड्राइगन रेल लगायत राखिने मुल आयोजक समितिका थाहानगर उद्योग वाणिज्य संघका महासचिव जर्म श्रेष्ठले बताए । उनका अनुसार अहिले यी कामहरु भैरहेका छन् ।

हेर्नुहोस् तयारीका फोटोहरुः

 

पालिका प्रेस
थप जानकारी