थाहानगरको इन्द्रायणी चौरमा १४ मंसिरबाट शुरु भएको चौंथा थाहा महोत्सव अन्तर्गत् कृषि मेलामा आकर्षण देखिएको छ । मेलामा थाहानगरका कृषकहरुले ल्याएको १ सय २५ वटा बाली प्रतिस्पर्धाका लागि दर्ता भएको थाहा नगरपालिकाका का कृषि विकास शाखा प्रमुख सञ्जय तिवारीले जानकारी दिए ।

प्रदर्शनीका लागि दर्ता भएका बालीहरुमा थाहानगरको एभोकाडोदेखि जुनार र कफीसम्म रहेका छन् । कफी, एभोकाडो, सुन्तला, निबुवा, जुनार, जुकिनी, रुख टमाटर, रातो बन्दा चाइनिज बन्दा प्रतिष्पर्धाका लागि दर्ता भएको कृषि विकास शाखाका कृषि स्नातक विकास सुनारले जानकारी दिए । त्यसैगरी काक्रो, धनियाँ, काउली, बन्दा, रायो, ब्रोकाउली, मुला, गाँजर, स्कुस, फर्सी, लौका, घिरौला बरेला, सिमी, केराउ, भन्टा, अकबरे, गोलभेडा, मकै, कोदो, फापर, पिंडालु आदि प्रदर्शनीका लागि राखिएका छन् ।

प्रदर्शनीमा राखिएका बालीहरुको मूल्याङ्कन गरी उत्कृष्ट बालीहरुका लागि पुरस्कारको व्यवस्था रहेको र २५ मंसिर महोत्सव समापनका अवसरमा कृषकहरुलाई पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी