आगामी पाँच वर्षका लागि आवधिक योजना बनाउँने क्रममा रहेको हेटौंडा उपमहानगरपालिकाले सुझाव संकलनका लागि क्यूआर कोड सार्वजनिक गरेको छ । नगरवासीसँग आवधिक योजनाका लागि सुझाव संकलन गर्ने उद्देश्यसहित क्यूआर कोड जारी गरिएको हेटौंडा उपमहानगरपालिका कार्यालयले जनाएको छ ।

नगर क्षेत्रका विकास योजनामा समावेस रहेका बिभिन्न १७ वटा क्षेत्रमा सुझाव संकलन गर्दै उपमहानगरले निर्माण गर्ने आवधिक योजनमामा नगरवासीको सहभागिताका लागि क्यूआर कोड मार्फत सुझाव संकलन गर्न खोजिएको कार्यालयले जनाएको छ । ी, सडक, ढललगायत पूर्वाधार विकास, लक्षितबर्गका कार्यक्रम (महिला, अपाड्डता, दलित, जनजाति, न्येष्ठ नागरिक, बालबालिका, यौनिक तथा लैड्डिक अल्पसंख्यक, एकल महिला), कृषि तथा पशुविकास, शिक्षाविकास, जनस्वास्थ्य, फोहरमैला व्यवस्थापन सहितका क्षेत्रमा सुझाव लिन खोजेको हो ।

उपमहानगरले सार्वजनिक गरेको क्यूआर कोड स्क्यान गरी नगरको वृहत्तर विकासमा योगदान गर्दै योजना र कार्यक्रमहरु मार्फत् सुझाव दिन नगरवासीलाई आवहन गरेको छ । उपमहानगरले चालु आर्थिक बर्ष २०८०/८१ देखि २०८४/०८५ सम्म पाँच वर्षका लागि आवधिक योजना निर्माणको क्रममा रहेको छ ।

पालिका प्रेस
थप जानकारी