मनहरी गाउँपालिका वडा नंम्बर ७ स्थित रोटरी मार्केटमा अन्तर्राष्ट्रिय आप्रबासी श्रमिक दिवसको अबसर पारेर सोमबार साँझ दीप प्रज्वलन गरिएको छ । सुरक्षित आप्रबासन कार्यक्रम (सामी) परियोजना अन्तर्गत मनहरी गाउँपालिकाको अगुवाईमा दीप प्रज्वलन गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मनहरी गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगर (रेखा) ले सकेसम्म विदेश नजाने वातावरण तयार गर्नुपर्ने र जानैपरेमा सुरक्षित भएर मात्रै जानका लागि युवाहरुलाई आग्रह गरिन् । उनले वैदेशिक रोजगारीमा जाँदा असुरक्षित भएर कैयौ मानिसहरु घरबारबिहिन भएको घटनाहरु देखिएकाले त्यसबाट सजग भएर अघि बढ्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा मनहरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी, ४ नम्बर वडाध्यक्ष प्रकाश थापा, लेखा अधिकृत राजेन्द्र भट्टराई, नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सचिवालय सदस्य बीरबहादुर घलान ज्वालासहित विभिन्न राजनीतिक दलसम्बद्ध मानिसहरु, समाजसेवी, कर्मचारी, शिक्षक, खेलाडी लगायतको सहभागिता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी