Exif_JPEG_420

थाहा नगरपालिका शिखरकोटको कृष्ण मन्दिर चोकमा ‘आप्रवासीको योगदानको कदर र अधिकारको सम्मान’ भन्ने मुल नाराका साथ वैदेशिक रोजगारको क्रममा मृत्यु, अंगभंग र सम्पर्कबिहिन भएका कामदारहरुको सम्झनामा दीप प्रज्वलन गरी मनायएको छ । कार्यक्रम १८ डिसेम्बर अर्थात २ पौषमा भएको हो ।

अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२३ को अवसरमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत हेटौंडा उपमहानगरपालीका, मनहरी गाउँपालिका र बकैया गाउँपालिकाको सहकार्य तथा थाहा नगरपालिकाको आयोजनामा दिपप्रज्वलन गरियको हो । थाहा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष अध्यक्ष हिरेन्द्र कुमार रायमाझीको प्रमुख आतिथ्यतामा भएको थियो ।कार्यक्रममा प्रमुख अतिथी रायमाझीले वैदेशि रोजगार बाध्यता रहेको बताउँदै देशमै उद्यम विकास गर्न सके स्वदेशमै आम्दानी गर्न सकिने बताए । यसका लागि पालिकाले विभिन्न योजना निर्माण गरिरहेको बताए । वैदेशिक रोजगारमा जानै परे राम्रोसंग बुझेर जान पालिकाबाट पनि यससम्बन्धी जानकारी उाउन सकिने उल्लेख गरे ।

दीप प्रज्वलन कार्यक्रम थाहा नगरपालिका आप्रवासी हित संरक्षण मंचका संयोजक सुमन रायमाझीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा थाहा नगरपालिका रोजगार संयोजक कुमार नेगी, थाहा नगरपालिकाका सूचना अधिकारी सुरज कुमार भुजेल, सामीका मेलिना खत्री, सुनिता बस्नेत, बबिता बिष्ट, थाहा नगरपालिका आप्रवासी हित संरक्षण मञ्चका पदाअधिकारीहरुलगायत स्थानीयहरुको उपस्थिती रहेको थियो।

पालिका प्रेस
थप जानकारी