महांकाल गाउँपालिकाको वडा नम्बर ६ ले वडाबाटै योजना सम्झौता गर्न थालेको छ । वडा सरकारले बिहीबारदेखि वडामार्फत योजना सम्झौता गर्न थालेको हो ।  वडा अध्यक्ष बिनोद चौरेलका अनुसार वडा कार्यालय गाउँपालिकाको कार्यपालिका भवनबाट टाढा भएकाले वडामार्फत सम्झौता गर्न थालेको हो । उपभोक्ता समितिलाई योजना सम्झौता गर्न कार्यपालिका भवन जान समस्या हुने भएकाले सो सेवा सञ्चालनमा ल्याएको उनले  बताए ।

वडाबाट कार्यपालिका भवन पुग्नको लागि दुई देखि तीन घण्टा लाग्ने उनले सुनाए । टाढा भएकाले सेवा लिनकाे लानका लागि बास नै बस्नु पर्ने अवस्था आउने उनले सुनाए ।  कार्यपालिका बैठकले नै सो सेवाको लागि निर्णय गरेकोले गाउँपालिकाभित्र पहिलो पटक आफ्नो वडाले घुम्ती शिविरमार्फत सम्झौता गर्न थालेको उनले सुनाए । विकास निर्माण तथा पूर्वाधार निमार्णको योजना सम्झौता हुने उनको भनाइ छ ।

वडा कार्यालयले बिहीबार मात्रै ९ वटा योजना सम्झौता गरेको उनले सुनाए । आवश्यकता अनुसार अन्य दिन पनि एकमुष्ट योजना सम्झौता हुने उनले जानकारी दिए । केही मात्रै योजना सम्झौता गर्नु पर्ने भएमा कार्यपालिका भवन नै जानु पर्ने उनको भनाइ छ ।

 

पालिका प्रेस
थप जानकारी