मकवानपुर थाहा नगरपालिकामा सञ्चालनमा रहेको शिखर बचत तथा ऋण सहकारी संस्थालेसामाजिक क्षेत्रमा योगदान दिने व्यक्तिहरुलाई सम्मान गरेको छ । सहकारीले आफ्नो १३ औं साधारण सभाको अवसरमा थाहानगर क्षेत्रका विभिन्न क्षेत्रमा योगदान दिने आठ व्यक्ति र दुई संस्थालाई सम्मान गरेको हो ।

सहकारीबाट सम्मानित हुनेहरुमा स्वास्थ्य क्षेत्रतर्फ डाक्टरहरु गगन कार्की, पवन कार्की, सुजता केसी र रिकेश कार्की रहेका छन् उत्कृष्ट समाजसेवी सम्मानबाट यादव जंग रायमाझीलाई सम्मान गरिएको छ भने साहित्य क्षेत्रबाट बिर्खे अन्जान र पत्रकारीताको क्षेत्रमा उत्कृष्ट योगदानको कदर गर्दै थाहापाटीका कार्यकारी सम्पादक शम्भु अधिकारीलाई सम्मान गरिएको छ ।

त्यसैगरी पालुङ जेसिज बर्ष २०२४ का अध्यक्ष निरज रायमाझी र संस्थातर्फ च्वाइस नेपाल र मेन्टर इन्टरनेशनललाई सम्मान गरिएको सहकारीले जनाएको छ । सम्मानितहरुलाई प्रमुख अतिथी थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले सम्मान पत्र वितरण गरेका थिए ।

फोटोहरुः श्रीकृष्ण श्रेष्ठ