थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले आफुले सिकेको सिपलाई व्यवहारमा उतार्नुपर्ने बताएका छन् । थाहा नगरपालिकामा सहकारीहरुको व्यवस्थापकहरुको चार दिने तालिमको समापन समारोहमा २० पौषमा बोल्दै उपप्रमुख गोपालीले यस्तो बताएका हुन् । उनले चारदिने तालिम उपलब्धिमूलक भएको विश्वास व्यक्त गर्दै, केही सहकारीका कारण जनविश्वास घट्दै गएको उल्लेख गरे ।

थाहा नगरपालिकाको सहकारी शाखाको आयोजनामा नगर भित्र रहेका सहकारीहरुका व्यवस्थापक हरुका लागि बित्तीय साक्षरता सहकारी शिक्षा र कर प्रशासन सम्बन्धि ४ दिने तालीम दिएको थियो । तालिममा नगर भित्र संचालनमा रहेका ४० सहकारी संस्थाहरुको व्यवस्थापकहरुको सहभागिता रहेको थियो । सहभागीहरुलाई पालुङ क्याम्पसका क्याम्पस प्रमुख राजन मिश्र,पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक प्रकाश पौडेल, थाहा नगरपालिकाका लेखा शाखा प्रमुख अमर बहादुर जिसी, बित्तिय सहजकर्ता मेलिना खत्री र प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले सहजीकरण गरेका थिए ।

समापन कार्यक्रममा नगर उपप्रमुख भरत गोपाली ,योजना महाशाखा प्रमुख डम्बर बिश्वकर्मा, नगर प्रमुख प्रेस संयोजक शम्भु अधिकारी, प्रमुख प्रशिक्षक प्रकाश पौडेल , प्रशिक्षक राजन मिश्र लगायतका उपस्तिथि रहेको थियो। कार्यक्रममा सहभागी हरुले नगरले यस्ताखाले तालिमको आयोजना गरिरहे सहकारी हरुको मनोबल वृद्धि हुने बिश्वास व्यक्त गर्दै आगामी दिनमा यस्ता तालिमको निरन्तरताको आवश्यकता औल्याएका थिए ।

पालिका प्रेस
थप जानकारी