मकवानपुरको थाहा नगरपालिकामा समस्याग्रस्त सहकारी संस्था रहेको भन्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत गठन भएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले परिपत्र गरेको हो । समितिले पालिकामा सूचना टाँसका लागि पत्र पठाएको हो ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले देशभरमा ३३ पालिकाहरुलाई पत्राचार गर्दै नेपाल सरकारको गत भाद्र २५ गते निर्णय गरी समस्याग्रस्त घोषणा गरेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको विषयमा सूचना टाँस गर्न थाहा नगरपालिका पठाएको हो । सहकारी ऐन, २०७४ को दफा ११२ बमोजिम पालिका अन्तर्गतमा शाखा कार्यालय समेत रहेको सो समस्याग्रस्त सहकारी संस्थाका शेयर सदस्य, बचतकर्ता, ऋणी साहुहरुलाई आफूले पाउनुपर्ने वा तिर्नुपर्ने रकमको दाबी पेश गर्नका लागि सार्वजनिक सूचना गरेको हो ।

मन्त्रालयले यहि १८ पुसमा गोरखापत्र र नयाँपत्रिका दैनिकमा ३५ दिने सूचना जारी गरेको छ । सूचनामा आ–आफ्नो दाबी पेश गर्न पीडित बचत कर्ताहरुलार्ई स–प्रमाण दाबी पेश गर्न भनिएको छ ।

हेर्नुहोस सूचनाः

पालिका प्रेस
थप जानकारी