थाहा नगरपालिकाले ‘मेयर वडास्तरीय तरकारी पकेट प्याकेज कार्यक्रम’ अन्तर्गत पालिकाको १२ नम्बर वडामा किसानहरुलाई कृषि सामाग्री वितरण गरिएको छ । निर्देशिका अनुसार मापदण्ड पुगी छनोट भएको सुन्तलाबारी कृषक सहकारी थाहा–१२ अन्तर्गतका किसानहरुलाई ८ माघमा ७ एच.पि. क्षमताको पेट्रोल प्रयोग हुने ३९ वटा मिनिटिलर, स्प्रेयर २२ थान, डिजिटल काँटा तराजु १० थान, पाइप ३ सय मिटर २० एमएम २५ थान, मल्चिङ प्लास्टिक १० रोल, ग्राडेन पाइप १५ केजि, सिल्पोलिन प्लास्टिक ७ थान, स्प्रीङकल १०० थान, एप्रोन सेट १५ थान, वितरण गरिएको कृषि शाखा प्रमुख संजय तिवारीले जानकारी दिए ।
आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत स्वरुप ५० प्रतिशत अनुदानमा कार्यक्रम सञ्चालन गरिएको शाखा प्रमुख तिवारीले जानकारी दिए । तरकारी पकेट कार्यक्रम संचालन निर्देशिका अनुसार सञ्चालन भएकोे मेयर वडास्तरीय तरकारी पकेट प्याकेज कार्यक्रमबाट नगरको कम्तीमा १४० रोपनी क्षेत्रफलका दरले तीन स्थानमा कार्यक्रम सञ्चालन गर्ने पालिकाको योजना छ । किसानहरुले कृषि उपकरण पाएपछि नगरपालिकाप्रति आभार व्यक्त गरेका छन् । दैनिक जीवनशैली नै कृषिमा आधारित भएपश्चात् प्राप्त उपकरणले कृषि कर्ममा लाग्न थप उत्साह थपिएको प्रतिक्रिया दिए ।

थाहा नगरपालिकाका प्रमुख विष्णु बहादुर बिष्टले नगरलाई तरकारीको पकेट क्षेत्रका रुपमा विकास गर्न पाउनु नगरको लागि ठूलो अवसर भएको उल्लेख गरे । त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले अब परम्परागत कृषि प्रणाली त्यागी आधुनिक खेती तर्फ उन्मुख हुन र उत्पादन बढाउनको लागि नगरपालिकाले यस्ताखालको कार्यक्रम ल्याएको बताउदै कृषकहरुको हितमा कार्य गर्न नगरपालिका सधै तत्पर रहेको उल्लेख गरे।
सुन्तलाबारी कृषि सहकारीका अध्यक्ष क्षेत्र बहादुर आले मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, १२ नम्बर वडा अध्यक्ष टिकाराम स्याङ्तान ११ न वडाका अध्यक्ष दिनेश बल, कृषि विकास अधिकृत विकास विक, कृषि प्राविधिक ज्ञानु भट्टराई, वडा सचिव ओबजंग रोकाया,पशु शाखा प्रमुख निकास ब्लोन, वडा जनप्रतिनिधिहरु तथा किसानहरुको उपस्थिति रहेको थियो।

थाहाको तीन वटा वडामा लागू भएको मेयर वडा स्तरीय तरकारी पकेट कार्यक्रम थाहा ९ र १२ मा वितरण भैसकेको छ भने केही दिनमा वडा न ११ मा बितरण गरिने थाहा नगरपालिका कृषि शाखाले जनाएको छ । थाहा नगरपालिकाले १ भाद्रमा सूचना प्रकाशित गरी मेयर वडास्तरीय तरकारी पकेट प्याकेज कार्यक्रम सञ्चालनका लागि निवेदन आव्हान गरेको थियो ।

















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्