भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले चितवनको इच्छाकामना गाउँपालिकाको गाउँब्लकमा रहेका भू्मिहीनलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेकी छन् । मन्त्री श्रेष्ठले इच्छाकामनाको गाउँब्लकमा रहेका ३६ घरपरिवारलाई जग्गाधनी प्रमाणपुुर्जा वितरण गरेकी हुन् ।

जग्गाधनी प्रमाणपुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले देशभरिका गाउँब्लकमा रहेका नागरिकलाई जग्गा वितरण गरिसक्ने लक्ष्यसहित मन्त्रालयले अभियान सञ्चालन गरेर काम गरिरहेको जानकारी दिइन् ।  उनले हालसम्म करिब १२ हजार घरपरिवारलाई जग्गाधनी पुर्जा वितरण गरी सकिएकोे बताइन् । भूूमि भएर पनि भूूमिविहीन बनिरहेका कोही पनि भूमि पाउनबाट छुुट्न नहुनेमा जोड दिँदै सरकारले भूमिसम्बन्धी समस्या समाधानका लागि भूमिहीनलाई भूमि दिने काम पहिलो प्राथमिकतामा राखेर अगाडि बढाएको मन्त्री श्रेष्ठको भनाइ छ ।

भूूमिहीन दलित, भूमिहीन सुकुुम्बासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थीत बसोबासीको समस्या समाधान गर्न विभिन्न स्थानीय तहसँग कार्य सम्झौता गरेर छिटो काम सम्पन्न गर्ने गरी आयोगमार्फत काम अगाडि बढाइसकिएको जानकारी उनले दिइन् । ‘नागरिकका आवश्यकता र आवाज सम्बोधन गर्नुपर्छ भनेर लामा र झन्झटिला प्रक्रिया छोट्याएर छिटोभन्दा छिटो काम गर्ने गरी अगाडि बढिरहेका छौँ’, उनले भनिन् । संविधानमा भएका नागरिकका हक कार्यान्वयन गर्न र भूमिसँग जोडिएका समस्या समाधान गरी नागरिकले अनुभूति गर्ने गरी काम गर्न प्रतिबद्ध भएर लागेको उनले दाबी गरिन् । यसअघि मन्त्री श्रेष्ठले महोत्तरीको रामगोपालपुुर, सप्तरीको अग्निसाइर कृष्णसवरण गाउपालि र तिरहुत गाउँपालिकाको गाउब्लकमा रहेकालाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेकी थिइन् ।

०२१ यता देशका विभिन्न जिल्लामा नापी हुँदा गाउँब्लकका रूपमा रही अफ्नो घरजग्गाको लालपुर्जा पाउन नसकेकालाई जग्गाधनी प्रमाणपुर्जा वितरणमा ढिलाइ गर्न नहुनेमा मन्त्री श्रेष्ठले जोड दिइन् । यसैबीच शुक्रबार मन्त्री श्रेष्ठको उपस्थितिमा राष्ट्रिय भूमि आयोग र चितवनाको इच्छाकामना गाउँपालिकाबीच भूमिहीन दलित, भूमिहिन सुकुम्बासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित बसोबासीको व्यवस्थापन सम्बन्धमा कार्य सहमतिपत्रमा हस्ताक्षर भएको छ ।आयोगले यसअघि ६८ स्थानीय तहसँग भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित बसोबासीको व्यवस्थापन सम्बन्धमा कार्य सहमतिपत्रमा हस्ताक्षर गरी काम सुरु गरिसकेको छ ।

पालिका प्रेस
थप जानकारी