मकवानपुरकाे मनहरी गाउँपालिकाले गरिब घर पहिचान सर्वेक्षणको प्रारम्भिक तथ्याङ्क प्रकाशन गरेको छ । गरिब घर परिवार पहिचान सर्वेक्षण २०७७ मा आधारित गरिब घर परिवारको सुचि प्रकाशन गरेको हो । प्रारम्भिक तथ्याङ्क अनुसार मनहरी गाउँपालिका अन्तर्गतका ९ वटै वडामा गरी कुल १ हजार ४ सय घर परिवार गरिब घर परिवारमा सुचिकृत भएका छन् ।

मनहरी गाउँपालिकाका ९ वटा वडा मध्ये सबै भन्दा धेरै वडा नम्बर ६ मा ४६४ घर परिवार सुचिकृत भएका छन् ।

त्यस्तै दोस्रोमा वडा नम्बर ४ मा २५९ घर परिवार, तेस्रोमा वडा नम्बरमा २ मा २१२ घर परिवार, चौँथोमा वडा नम्बर ९ मा १६७ घर परिवार, पाँचौमा वडा नम्बर ८ मा ८१ घर परिवार, छैठौँमा वडा नम्बर ७ मा ६९ घर परिवार, सातौँमा वडा नम्बर ५ मा ६० घर परिवार, आठौँमा वडा नम्बर ३ मा ४५ घर परिवा र ९ औ मा वडा नम्बर मा ४३ घर परिवार रहेका छन् । सुचिमा कसैको नाम परेको वा नपरेका सम्बन्धी गुनासो भएमा माघ २७ गते सम्म उजुरबाजुरका लागि १५ दिनको समय तोकिएको भुमि सम्बन्धी समस्या समाधान शाखाका प्रमुख राजेन्द्र प्रसाद चौलागाइले बताए ।

गुनासोको लागि सम्बन्धित वडा बाट निशुल्क अनसुची फर्म भरी गुनासो दर्ता गर्न सकिने समेत उनले बताए । गरिब घर परिवारमा सुचिकृत भएकाहरुलाई गरिव घर पहिचान परिचय पत्र प्रदान गरिने छ । परिचयपत्र यसै आथिर्क वर्ष भित्र वितरण हुन सक्ने चौलागाइले बताए ।

पालिका प्रेस
थप जानकारी