थाहा नगरपालिका वडा नम्बर ३ स्थित जनकल्यण माविमा आगलागी नियन्त्रण सम्बन्धि अन्तरक्रिया तथा सचेत्नामुलक कार्यक्रम भएको छ । जिल्ला समन्वय समितिको आयोजना तथा बागमती प्रदेश विपद् व्यवस्थापन गुल्मको प्राविधिक सहयोगमा २३ फागुनमा कार्यक्रम भएको हो ।

जिल्ला समन्वय समिती मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा थाहा नगर प्रमुख बिष्णु बहादुर बिष्टको विशिष्ट आतिथ्यता रहेको थियो ।

थाहा नगरपालिका भित्र रहेका सामुदायिक वनका पदाअधिकारी तथा उपभोक्ताहरु, नगर प्रहरी, रेडक्रस, स्काउट, बजार व्यवस्थापनका पदाधिकारी स्थानीय संघसंस्थालगायत विभिन्न विद्यालयका विद्यार्थी र शिक्षकहरुको कार्यक्रममा सहभागिता रहेको थियो । आगलागी नियन्त्रण र बच्ने उपायहरुको प्रयोगात्मक अभ्यास समेत गरिएको कार्यक्रममा आगलागी नियन्त्रण तथा बच्ने घरेलु उपाय सम्बन्धी प्रहरीहरुले सुझाएका थिए ।

सो अवसरमा बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म हेटौंडाका प्रहरी निरीक्षक चुडा कुमारी खड्कासहितको प्रहरी टोलीले ग्याँस सिलिन्डरको पाइपबाट ग्यास लिक भई हुने आगोलागी निभाउने तरिकाहरुका साथै व्यक्तिको शरीरमा आगो लाग्दा तत्काल बच्न अपनाउनु पर्ने उपायहरुको अभ्यास गराएका थिए ।

जिल्ला समन्वय अधिकारी सुर्यप्रसाद चापागाईंको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्यहरु, थाहा नगरपालिका वन वातावरण तथा विपद व्यवस्थापन समिती संयोजक हिरेन्द्र कुमार रायमाझी, थाहानगर विपद व्यवस्थापन समितिका सदस्य सचीव अनिल लामिछाने, स्थानीय स्काउट थाहानगरका संयोजक गणेशमान श्रेष्ठ, विभिन्न विद्यालयका स्काउट टु«प, दामन रेडक्रस र पालुङ रेडक्रसका प्रतिनिधीहरुलगायत संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती थियो । विद्यार्थीका बीचमा हुने यस्तो सचेतनामुलक कार्यक्रमको सन्देश अभिभावकमा समेत पुग्ने भएकोले यस्ता कार्यक्रम प्रभावकारी हुने जनकल्याण माविका शिक्षिका गिता कार्कीले बताइन ।

पालिका प्रेस
थप जानकारी