थाहा नगरपालिका वडा नम्वर ११ मालागिरीका अग्निपीडित सुरेन्द्र लामालाई दामन रेडक्रसलेले राहत सामाग्री प्रदान गरेको छ । लामाको घरमा २४ फागुनमा आगलागी भई लाखौंको धनमाल क्षति भएको थियो । नेपाल रेडक्रस सोसाइटी उपशाखा दामनका सभापति सभाापति मनश्याम बस्नेतसहितको उपस्थितीमा राहत वितरण गरिएको हो ।

राहत वितरण कार्यक्रममा थाहा ११ का वडा अध्यक्ष दिनेश बल, उपशाखा दामनका बस्नेत तथा कोषाध्यक्ष यादबजंग रायमाझी घरैमा पुगेका थिए । राहत वितरणका लागि मालागिरी पुगेका सभापति बस्नेतले व्यक्तिगत रुपमा आर्थिक सहयोग समेत गरेका छन् । वडा अध्यक्ष दिनेश बलले आगलागी पीडित परिवारलाई वडा र नगरले उपलब्ध गराउने सहयोग यथासक्य छिटो उपलब्ध गराउने बताए । अग्निपीडित लामाको परिवारका लागि स्थानियहरुसंग संकलन गर्दै गरिएको आर्थिक सहयोग समेत छिट्टै हस्तान्तरण गरिने वडाध्यक्ष बलले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी