थाहा नगरपालिका वडा नम्बर ११ मालागिरी टिष्टुङका अग्नि पीडित सुरेन्द्र लामालाई पालुङ जेसीजले नगद रु. ३२,१७५ सहयोग गरेको छ ।

लामाको घरमै पुगेर जेसीजले ११ नम्बर वडाध्यक्ष दिनेश बलको प्रमुख आतिथ्यमा आर्थिक सहयोग गरेको हो । लामालाई नगद हस्तान्तरणमा पालुङ जेसीजका वर्तमान अध्यक्ष निरज रायमाझी, पूर्व अध्यक्ष सुरेन्द्रमान प्रधान, नवराज लामा, महासचिव विक्रम गोपालीलगायतको उपस्थिति रहेको थियो ।

थाहा ११ मालागिरीका सुरेन्द्र लामाको घर २४ फागुनमा विद्युतीय तार सर्ट भएर आगलागीमा परेको थियो । आगलागीबाट लामाको घर र सम्पूर्ण सामान पूर्ण रुपले नष्ट भएको छ ।

पालिका प्रेस
थप जानकारी