![](https://palikapress.com/wp-content/uploads/2024/03/f4945740ec536c725d6a9cfc89637c8095dc5ae8-1024x577.jpeg)
थाहा नगरपालिका वडा नम्बर ११ मालागिरीका आगलागी पीडित सुरेन्द्र लामा थोकरलाई पेट्रोलियम ढुवानी व्यवसायीहरुले आर्थिक सहयोग गरेको छ । ३ चैत्रमा पीडितलाई आगलागी घरमै पुगी नेपाल पेट्रोलियम चालक संघ, नेपाल यातायात मजदुर संगठन बागमती प्रदेश र थोकर ढुवानी सेवाबाट संकलित १ लाख २० हजार ८ सय १० रुपियाँ हस्तान्तरण गरिएको हो ।
सो संस्थाहरुबाट संकलित रकम हस्तान्तरण गर्दै प्रमुख अतिथि थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले सहयोगी सबैमा धन्यवाद दिदै अप्ठेरोमा परेका सबैलाई सहयोग गर्ने संस्कार सबैले सिक्नु पर्ने बताए । थाहा ११ मालागिरीका सुरेन्द्र लामाको घर २४ फागुनमा विद्युतीय तार सर्ट भएको आगजनी भएको हो । आगजनीले लामाको घर र सम्पूर्ण सामान पूर्ण रुपले नष्ट भएको छ ।
प्रतिक्रिया दिनुहोस्