शिखर बचत तथा ऋण सहकारी संस्थाले १४ औं स्थापना दिवसको अवसर पारेर आफ्ना सदस्यहरुलाई वित्तीय साक्षरता तथा व्यावसायिक सीप विकास तालिम दिएको छ । थाहा नगरपालिका वडा नम्बर ३ को शिखरले सो कार्यक्रमको अवसरमा ३८ जना सदस्यहरुलाइ कृषि सामाग्री पनि वितरण गरेको छ ।

शिखर बचतको आयोजना तथा च्वाइस नेपाल र सामी परियोजना थाहा नगरपालिकको सहयोगमा कार्यक्रममा आयोजना भएको हो। सामी कार्यक्रम थाहाका सहजकर्ता मेलीना खत्री र च्वाइस नेपालका मकवानपुर संयोजक प्रताप घिमिरेले कार्यक्रममा सहजीकरण गरेका थिए ।

तालिममा सहभागीहरुले उद्यम वा कुनै पनि व्यवसाय गर्दा ध्यान दिनुपर्ने कुराहरुको विषयमा सीप सिकाइएको थियो । तालिमका सहभागहिरुले व्यवसाय वा उद्यम संचालन गर्दा व्यवसाय परियोजना कसरी बनाउने भन्ने बारेमा समेत जान्ने अवसर पाएको बताएका थिए । महिला सहभागिले महिलाले व्यवसाय वा उद्यम संचालन गर्दा पाउने सहुलियका बारेमा समेत आजसम्म थाहा नभएको र तालिमबाट जान्न पाउदा खुसी लागेको बताएका थिए।

संस्थाका अध्यक्ष मनोज रायमाझीका सभाध्यक्षतामा विकास घरमा भएको कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष मधुसूदन बिष्ट, च्वाइस नेपालका प्राविधिक सुवास मरहठ्ठाको उपस्थिति रहेको थियो। स्थापना दिवसकै अवसर पारेर संस्थाले च्वाइस नेपाल संगको सहकार्यमा आफ्ना सदस्य कृषकहरुलाई कृषि सामाग्री स्प्रे पम्प पनि वितरण गरेको छ ।

च्वाइस नेपाल संगको सहकार्यमा संस्थाले आफ्ना सदस्यहरुको व्यावसायिक हितको निम्ति विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको र यस्ता कार्यक्रमहरु निरन्तर रुपमा गरिरहने संस्थाका अध्यक्ष मनोज रायमाझीले बताए ।