
थाहा नगरपालिकाले पालिका मातहतका सहकारी संस्थाहरुको अनुगमन थालेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीको संयोजकत्वमा १६ वैशाखमा थाहानगरका सहकारी संस्थाहरुको सहकारी संस्थाको अनुगमन गरिएको छ ।
सहकारी संस्थाहरू सहकारी ऐन नियम तथा विनियम विपरीत सञ्चालन भए नभएको अवस्था बारे जानकारी लिन नगरपालिकाले अनुगमन थालेको बताइएको छ । नगरपालिका भित्र रहेका सबै सहकारी गरी अनुगमन थालिएको थाहा नगर सहकारी शाखाका प्रमुख अस्मिता तिवारी घिमिरेले जानकारी दिइन् । अनुगमनका क्रममा सहकारी सञ्चालक समिति निर्वाचित हुने प्रक्रिया, ऋण लगानी, ब्याज, प्रवेश शुल्क, सेवा शुल्क,लगायतको विषयहरुमा निगरानी गरिएको छ ।
सहकारीले लगानी गरेको ऋणको जोखीम, सहकारीको सुशासन पनि अनुगमनमा मूल्याङ्कन गरिने अनुगमन संयोजक तथा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्