हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले हेटौंडा–१० मा निर्माण भैरहेको पुर्वाधारको अनुगमन गरेकी छन् । १० नम्बर वडा कार्यालयसँगै महिला उद्यमीहरुको उत्पादनलाई बिक्रीका लागि राख्ने गरी निर्माणाधिन कोशेली घर, राप्तिरोड बाट बसपार्क तर्फ जाने सडक र बाइपास सडकको अनुगमन तथा निरीक्षण गरेकी हुन् ।

प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिकाको ४५ लाख रुपियाँ लगानीमा निर्माण भैरहेको कोशेली घर निर्माणलाई गुणस्तरीय ढंगबाट अघि बढाउने तर्फ ध्यान दिन सुझाव दिइन् । त्यस्तै राप्तिरोडबाट बसपार्कतर्फ जानका लागि ४९ लाख रुपियाँको लागतमा निर्माण भैरहेको सडकको काम र ९ लाख रुपियाँको लागतमा बाईपास सडक मर्मतको कामलाई गुणस्तरीय ढंगबाट चाडै सक्न निमार्ण पक्षलाई निर्देशन दिइन् ।

अनुगमनका क्रममा १० नम्बर वडाका अध्यक्ष फुर्वादोर्जे तामाङ वडा सचिब राम तिमल्सिना सहितको सभागिता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी