आर्थिक वर्ष २०८१/०८२ का लागि बागमती प्रदेश सरकार अन्तर्गतका मन्त्रालय तथा प्रदेश कार्यालयहरुबाट कार्यान्वयन हुने गरी १ सय ४५ योजनाका लागि बजेट विनियोजन गरिएको छ । १ असारमा बागमती प्रदेश सरकारले बजेट भाषण मार्फत विषयगत मन्त्रालय तथा निकाय अनुसारको बजेट तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।
बागमती प्रदेशले १२ वटा वडामा १ सय ३७ र नगरस्तरीय ८ वटा योजनाका लागि ४५ करोड ५८ लाख बजेट विनियोजन गरेको हो । थाहानगरको सबैभन्दा बढि वडा नम्बर ९ मा २१ योजनाका लागि ५ करोड ५५ लाख बजेट विनियोजन भएको छ भने वडा नम्बर ५ मा २ वटा योजनाका लागि सबैभन्दा कम १५ लाख रुपियाँ बजेट विनियोजन भएको छ ।
थाहा नगरपालिकाको वडा नम्बर १ को १४ वटा योजनाका लागि १ करोड ६४ लाख, २ नम्बर वडामा १२ वटा योजनाका लागि १ कररोड ५३ लाख, ३ नम्बर वडामा ११ वटा योजनाका लागि १ करोड ३५ लाख, ४ नम्बर वडामा १० वटा योजनाका लागि १ करोड ४० लाख, वडा नम्बर ६ मा २१ वटा योजनाका लागि ३ करोड ४२ लाख रुपियाँ विनियोजन भएको छ ।
त्यसैगरी वडा नम्बर ७ मा १६ वटा योजनाका लागि २ करोड ४० लाख, ८ नम्बर वडामा ८ वटा योजनाका लागि ८५ लाख, १० नम्बर वडामा ५ वटा योजनाका लागि ६५ लाख, ११ नम्बर वडामा ८ वटा योजनाका लागि १ करोड १० लाख, १२ नम्बर वडामा ९ वटा योजनाका लागि १ करोड ४० लाख रुपियाँ तथा नगरस्तरमा ८ वटा योजनाका लागि २४ करोड १४ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ ।
हेर्नुहोस् कुन वडामा कति योजना र बजेट ?
प्रतिक्रिया दिनुहोस्