बागमती प्रदेशले थाहा नगरपालिकालाई आर्थिक वर्ष २०८१/०८२ का लागि १७ वटा सशर्त योजना पठाएको छ । यसका लागि ७ करोड १८ लाख ६७ हजार बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत पठाएको बजेटमा थाहा नगरपालिका मकवानपुरमै सबैभन्दा बढि सशर्त बजेट पाउने पालिका भएको छ । दोस्रो हेटौंडा उपमहानगरपालिकाले ६ करोड ८० लाख ६१ लाख सशर्त बजेट पाएको छ ।
थाहा नगरपालिकाको लागि सबैभन्दा बढि शीत भण्डारको लागि ५ करोड सशर्त बजेट विनियोजन भएको छ । किसान सूचीकरणको लागि १ लाख, प्राङगारिक कृषि प्रवद्र्धन कार्यक्रमका लागि ५ लाख, कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम ५ लाख, उत्पादनमा आधारित दुधमा प्रोतसाहन कार्यक्रका लागि २ लाख ८७ हजार, कृषि व्यवसाय प्रवद्र्धन थाहा–३ का लागि १० लाख, चित्लाङ वृहत खानेपानी २६ लाख ६० हजार, मुहान ढडेरीखोला फुर्के वसन्त खानेपानी थाहा–५ २६ लाख ६० हजार बजेट विनियोजन भएको छ ।
त्यसैगरी भुङदल फुलपाती चौर महादेवस्थान भाङखोरिया सडक थाहा–२ लाई २५ लाख, डाँडागाउँ गोरखनाथ मन्दिर सडक स्तरोन्नती थाहा–३ २५ लाख, नारायणहिटी कुश्लेचौर भेडाफर्म मार्खु सडकका लागि २५ लाख, शुन्य दरबन्दी भएका माध्यमिक विद्यालय शिक्षण अनुदान ५ लाख ६८ हजार, बाबुआमा विहिन संरक्षण कार्यक्रमका लागि ३ लाख ६० हजार, अपाङ्गत भएका व्यक्तिहरुलाई समुदायमा आधारित पुर्नस्थापना कार्यक्रमका लागि ३ लाख, एक विद्यालय एक नर्स कार्यक्रमको पारिश्रमिक लगायतलाई २९ लाख ३२ हजार सशर्त बजेट विनियोजन भएको छ ।
टौखेल शहरी स्वास्थ्य केन्द्र थाहा–१० सञ्चालन अनुदान ५ लाख र एक प्रदेश निर्वाचन क्षेत्र कार्यक्रम अन्तर्गत पालुङ प्राथमिक स्वास्थ्य केन्द्रलाई २० लाख रुपियाँ सशर्त बजेट विनियोजन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्