विराटनगर महानगरपालिकाले राष्ट्रिय भूमि आयोगसँगको सहकार्यमा वर्षौंदेखि सुकुम्बासीका रूपमा महानगरका विभिन्न वडामा बसिरहेका भूमिहीन दलित र अव्यवस्थित बसोबासी पहिचान गरी व्यवस्थित बसोबास गराउने भएको छ ।

विराटनगर महानगर प्रमुख भीम पराजुली, प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेत, राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला र सदस्यसचिव अमिरप्रसाद न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । भूमिहीनको समस्या समाधान गर्ने उद्देश्यअनुरूप सम्झौता भएको हो ।सम्झौताअनुसार महानगर र आयोगले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास गरिरहेका महानगरबासीको पहिचान, प्रमाणीकरण, आधार र मापदण्ड तयार गर्नेछ । आयोगसँगको सम्झौतासँगै भूमिहीनको समस्या समाधान हुने पराजुलीले बताए । दलित तथा विपन्नका लागि महानगरले आवास योजनामार्फत सेवा बढाउँदै लगेको उनले जानकारी दिए ।

कार्यक्रममा आयोग सदस्य सरिता महर्जन, मोरङ अध्यक्ष सुशीला घिमिरे, महानगरका सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, प्रशासन अधिकृत केवल पोखरेललगायत उपस्थित थिए ।

पालिका प्रेस
थप जानकारी