झापाको बुद्धशान्ती गाउँपालिका वडा नं.२ का वडाध्यक्ष डिल्ली प्रसाद ओलीले घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार सेवाग्राहीसँग जग्गा पास तथा लेनदेन सिफारिस सम्बन्धी कार्यका लागि ८० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा ओली पक्राउ परेका हुन् ।

ओलीलाई घुस दिने भारतीय नागरिक अमरनाथ चौहानसमेत पक्राउ परेका सहायक प्रवक्ता थपलियाले बताए । घुस लेनदेनको सूचना टेलिफोनमार्फत् पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट टोली खटिएको थियो । दुवैजनालाई नियन्त्रणमा लिए थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी