मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले सहयोगका लागि अपील गरेको छ । यहि ११ र १२ असोजमा परेको वर्षाका कारण पालिकाले ठूलो भौतिक क्षति बेहोर्न परेको बताउँदै सहयोग गरिदिन १५ असोजमा सूचना प्रकाशित गरी सबैमा अपील गरेको हो ।

बाढी पहरोबाट पीडित पालिकाबासीलाई राहत प्रदान गर्नका लागि पालिकाले कोष खडा गरेको जनाउँदै सहयोगीहरुलाई पालिकाको खातामा सहयोग गर्न सकिने सूचनामा उल्लेख छ । पालिकाले जनप्रतिनीधि, राजनीतिक दल, कर्मचारी, संघसंस्था सबैलाई स्वेच्छिक सहयोगका लागि अपील गरेको हो ।

यसैबीच सहयोगमा नगद बाहेक खाद्यन्न, औषधि उपकरण तथा अन्य जिन्सी सामान पनि पालिकालाई सहयोग गर्न सकिने सूचनामा उल्लेख छ । संकलित जिन्सी सामानहरु प्रकोप व्यवस्थापन समिति मार्फत एकद्वारा प्रणालीबाट वितरण गर्ने सूचनामा उल्लेख छ ।

हेर्नुहोस् सूचनाः

पालिका प्रेस
थप जानकारी