जिल्ला विपद व्यवस्थापन समिति मकवानपुरले विपद संकटग्रस्त क्षेत्र घोषणाका लागि गरेको सिफारिस संघीय सरकारले लत्याएको पाइएको छ । ११ र १२ असोजमा परेको वर्षातका कारण आएको बाढी पहिरोबाट भएको क्षतिको आधारमा समितिले गृह मन्त्रालय र राष्ट्रिय जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई सिफारिस गरेको थियो ।

बैठकले इन्द्रसरोवर गाउँपालिकाको सबै ५ वटै वडा, बकैया गाउँपालिकाको १० नम्बर वडा र भीमफेदी गाउँपालिकाको ८ नम्बर वडालाई संकटग्रस्त क्षेत्र घोषणाका लागि सिफारिस गरेको थियो । सिफारिस गरेका इन्द्रसरोवर र बकैयाका वडाहरु संकटग्रस्त घोषणा गरेको छ भने भीमफेदीको सिफारिस भएको ८ नम्बर वडालाई संकटग्स्त क्षेत्र घोषणा गरेको छैन ।

 

बाढी पहिरोले क्षति पु¥याएको भीमफेदीको वडा संकटग्रस्त क्षेत्र घोषणा नभएको प्रसंगमा पालिका अध्यक्ष हिदम लामाले भने–‘संविधानको भाग २० धारा २३२ मा संघ, प्रदेश र स्थानिय तह बिचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने छ भन्ने व्यबस्था छ’ खोइ त समन्वय ? मकवानपुरको प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जिल्ला विपत ब्यबस्थापन समितिको बैठकले भीमफेदी गाँउपालिका वडा नम्बर ८ लाई संकट ग्रस्त क्षेत्र घोषणा गर्न गरेको सिफारिस तत्काल कार्यन्वयन गर ।’ अध्यक्ष लामाले सिफारस भएको वडामा मानविय क्षती नभए पनि अरबौ राट्रको सम्पती क्षती भएको र बस्तीहरु उच्च जोखिममा भएको बताए ।

 

पालिका प्रेस
थप जानकारी