हेटौंडा–काठमाण्डौं छोटो दुरीको मार्ग तीन दिनका लागि बन्द गरिएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–२ सिमखोला स्थित बाटोको मर्मत तथा हिम पाइप हाल्ने काम भइरहेको हुनाले तीन दिनका लागि बन्द भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बिश्वराज खड्काले बताए ।
सडक मर्मत कार्य ३ दिन लाग्ने भएकोले हेटौंडाबाट कुलेखानी फाखेल सडक र सिस्नेरी हुँदै काठमाडौ जाने सडक बन्द हुने उनले बताए ।
यस सडकको सट्टा बैकल्पिक बाटोको रुपमा हेटौंडा–भैसे पालुङ हुँदै काठमाडौं र कान्तिलोकपथ राजमार्ग हेटौंडा ठिगन हुँदै काठमाडौ रुट प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।


















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्