थाहा नगरपालिकाको १२ नम्बर वडा कार्यालयले वडाका ९ वटा कृषक समूहहरुलाई हाते ट्याक्टर वितरण गरेको छ ।
वडाको स्वीकृत वार्षिक कार्यक्रमअनुसार ७५ प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरिएको १२ नम्बर वडा सचिव पूर्ण गोलेले बताए । कृषक समूहहरूलाई वडा अध्यक्ष मानबहादुर स्याङ्तान र थाहा नगरपालिका कृषि शाखा प्रमुख सञ्जय तिवारीले ट्याक्टर हस्तान्तरण गरेका थिए ।
ट्याक्टर वितरणका लागि वडा कार्यालयले रु. ३,००,००० बजेट बिनियोजन गरेको थियो ।

















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्