नुवाकाेटकाे बेल्कोटगढी नगरपालिकाको नगर कार्यपालिका बैठकले मेयर रोजगार कार्यक्रम (संचालन ,व्यवस्थापन ), कार्यविधि २०७८ पारित गरेको छ |आर्थिक वर्ष २०७८/०७९ को नीति कार्यक्रम तथा बजेट मार्फत मेयर रोजगार कार्यक्रम सचालन गर्ने घोषण भएको थियो त्यसै अनुरुप उक्त कार्यविधी पारित भएको हो |

कोभिड-१९ ले देश आक्रान्त भईरहेको अवस्थामा यस न.पा.मा कोभिड तथा अन्य कारणले रोजगारी गुमाएका र विदेशबाट फर्केका व्यक्तिहरुको तथ्यांक संकलन तथा रोजगारी उपलब्ध गराउने ,स्थानीयस्तरमा भएको स्रोत साधन प्रयोग गरि सक्षम जनशक्ति विकास गरि रोजगारी सिर्जना गर्ने ,श्रममुलक तथा उत्पादनमुलक क्षेत्र लाई समेटी विभिन्न सिप ,तालिम प्रदान गरि रोजगारीको सिर्जनामा उद्योग ,व्यवसाय संचालन तर्फ लाग्न प्रेरित गराई स्वरोजगार बनाउने उद्देश्य यस कार्यक्रम ल्याईएको बेल्कोटगढी नगरपालिकाका मेयर राजेन्द्ररमण खनालले बताए ।

अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत १३७ जनालाई औषतमा ८२ दिन २४ वटा आयोजनाहरु मार्फत रोजगारी दिएको र कार्यक्रमको लक्ष्य ,उद्देश्य अनुरुप नै कार्यान्वयन भईरहेको उक्त कार्यक्रम एवं रोजगार सेवा केन्द्रका रोजगार संयोजक हरि प्रसाद गजुरेलले जानकारी दिए ।

उनले भने-प्रधानमन्त्री रोजगार कार्यक्रम र मेयर रोजगार कार्यक्रमले नगरपालिकामा दर्ता भएका बेरोजगारलाई न्युनतम रोजगारी दिई विपन्न नागरिकहरुको जीवनस्तरमा थोरै भएपनि टेवा पुग्ने र विभिन्न खालका श्रममुलक सम्बन्धि सिप हासिल भई व्यक्तिको क्षमता समेत विकास हुन्छ | आगामी दिनमा सरोकारवाला लगायत अन्यको सुझाव लिदै कार्यक्रमलाई अझ राम्रो ,उपलब्धिमुलक बनाई गरिवी न्यूनीकरणमा मद्वत पुर्याउदै सबैका लागि रोजगार भन्ने उद्देश्य अनुसार कार्य गर्ने बताए ।

पालिका प्रेस
थप जानकारी