कच्चा दूधको मूल्यवृद्धिसँगै कृषी तथा पशुपन्छी विकास मन्त्रालयले उपभोक्ता मूल्य निर्धारण गर्न सहमति दिएको छ । मन्त्रालयले ३ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनफको आधारमा मूल्य बढाउन दुग्ध विकास संस्थान (डिडिसी)लाई अनुमति दिएको हो ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार डीडीसीलाई दूध प्रशोधनको वैज्ञानिक लागत, नागरिकको पहुँच, उपभोक्ताको हित, सामाजिक न्याय र संस्थाको सामाजिक उत्तरदायित्वको आधारमा मूल्य निर्धारण गर्न भनेको छ । ‘३ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनएफको आधारमा प्रशोधित दूधको मूल्य निर्धारण गर्न सहमति दिएको छ,’विज्ञप्तिमा भनिएको छ, ‘किसानको पेसा व्यवसायको सुरक्षा र उपभोक्ता हितलाई सन्तुलित रुपमा अघि बढाई दुग्ध क्षेत्रको संरक्षण र प्रवर्द्धन गर्न समयसांपेक्ष निर्णय गरेका छौं ।’ यसअघि माघ १७ गतेको मन्त्रिपरिषद् बैठकले कच्चा दूधको प्रतिलिटर किसानले पाउने मूल्य ५६ रुपैयाँ ४ पैसा तोकेको थियो ।

सरकारले ४ प्रतिशत फ्याट र ८ एसएनएफको आधारमा उक्त मूल्य तोकेको थियो । कच्चा दूधको मूल्य बढेसँगै डेरी उद्योगीहरुले उपभोक्ता मूल्य बढाउन दबाब दिएको थिए । उनीहरुले उपभोक्ता मूल्य लिटरमै १० रुपैयाँ बढाउनु पर्ने दबाब दिइरहेका छन् । कच्चा दूधको न्यूनतम मूल्य प्रतिलिटर ५६.०४ पैसा निर्धारण भएपछि घाटा लाग्ने भन्दै प्रदेश १ र ५ (लुम्बिनी प्रदेश)का डेरीहरुले उपभोक्ता मूल्य बढाइसकेका छन् । सामान्यतय दूधको खुद्राबिक्री मूल्य (उपभोक्ता मूल्य) दुग्ध विकास संस्थान (डीडीसी)ले तोक्ने प्रचलन छ । तर, सरकारी आधिकारिक धारणा नआउँदै निजी डेरीहरुले मूल्य बढाएका छन् ।

पालिका प्रेस
थप जानकारी