मकवानपुरकाे मकवानपुरगढी गाउँपालिका कृषि विकास शाखाको आयोजनामा २७ माघदेखि रैथाने बाली कोदो र फापरको परिकार बनाउने तालिम शुरुवात गरिएको छ । सहभागीहरुलाई कोदो र फापरको हलुवा, निमकिन र बिस्कुट बनाउन सिकाइने कृषि विकास शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताए । त्यस्तै कोदो र फापरको केक, कुकिज, पिजा, पाउरोटी, दुनोट र म:म: पकाउन पनि सिकाउने शाखा प्रमुख चौधरीले जानकारी दिए ।

तालिमको मुख्य प्रशिक्षकमा नेपाल कृषि अनुसन्धान परिषदका बैज्ञानिक खाद्य तर्फका प्रविण ओझा रहेका छन् । गाउँपालिकाका उपाध्यक्ष हर्कमाया रुम्बाको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हाे । पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीको सभाध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा मुख्य प्रशिक्षक प्रविण ओझाको विशेष आतिथ्यता रहेको थियो ।

तालिमामा मकवानपुरगढी गाउँपालिकाका सवै वडाका होटल, होमस्टे, खाजा घरका संचालक तथा कृषि प्राविधिकहरुको सहभागीता रहेको छ । तालिम ३ दिनसम्म संचालन हुने छ भने आउँदो फाल्गुन १ गते आईतवारका दिन परिकारहरुको प्रदर्शनी गर्ने कार्यक्रम रहेको कृषि शाखा प्रमुख चौधरीले जानकारी दिए।

पालिका प्रेस
थप जानकारी