हेटौंडा उपमहानगरपालिका १९ नम्बर वडालाइ निकृष्ट बालश्रम, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा समारोहमा प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामाले बालमैत्री वडा घोषणा गरिन् ।

बालमैत्री वडा हुन थोरै सूचक यताउता भएता पनि बालमैत्री हुन पुग्ने सूचक वडाले पार गरेको वडाध्यक्ष नरनाथ सुबेदीले बताए । हेटौंडा १९ नम्बर वडा कार्यालय र बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा मुलसमारोह समितिको आयोजनामा हेटौंडा १९ पन्ध्रशोलामा भएको कार्यक्रममा हेटौंडा उपमहानगर पालिकाका उपमेयर राजेश बानियाँ, उपमहानगरका प्रवक्ता तथा हेटौंडा १ का वडाध्यक्ष सबिन न्यौपाने, उपमहानगर भित्रका वडाध्यक्षहरु जुना दाहाल, सुशील घिमिरे, सुकराम के. सी., दामोदर गौतम, रामकृष्ण थापा, पेम्बा लामालागायत सरोकारवाला सरकारी, गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियोे ।

१९ नम्बर वडा साविकको बसामाडी गाबिस वडा १ ,२ , ४ , ६ र ७ मिलेर बनेको वडा हो । यो वडा उपमहानगरकै सबैभन्दा ठुलो वडा हो । यसको कुलक्षेत्रफल ४७.०७ बर्ग किलोमीटर रहेको भने २०७९ घरधुरी रहेको छ । कुल जनसंख्या १० हजार ९४ रहेको छ । जसमा ४ हजार ९९३ महिला, ५ हजार १०१ पुरुष छन् । जसमध्ये बालक १ हजार ७२७ र बालिका १ हजार ६२३ छन् ।

पालिका प्रेस
थप जानकारी