घरबारी र जंगलमा पाइने रैथाने उत्पादनलाई उद्यमशील अभियानमा जोडेर मकवानपुरका लोपोन्मुख समुदायका महिला आफैँ उद्यमशील बनेका छन् । सामाजिक जागरण र आर्थिक रूपान्तरणको बलियो धरातल स्थानीय स्रोतलाई बनाएर आफ्नो समुदायलाई आर्थिक रूपमा समृद्ध बनाउने अभियानमा देहातका रैथाने महिला जोडिएका हुन् ।
मकवानपुरको हेटौँडा, मनहरीका लोपोन्मुख वनकरिया तथा चेपाङ समुदायका महिला स्थानीय स्तरमा पाइने कच्चा पदार्थकै प्रयोग गरेर उद्यमशील अभियानमा लागेका छन् । चुलाचौकामै सीमित हुनुपर्ने बाध्यतालाई उद्यमको सङ्घर्षमा रूपान्तरण गरेका महिलाले वनजङ्गलमा खेर गइरहेका तितेपाती, घ्युकुमारी, सामुदायिक वनको खाली जग्गामा बेसार खेती, वनमा आधारित काष्ठकला र स्थानीयस्तरमा उत्पादन हुने सागको परिकार बनाएर बिक्री गरी अर्थोपार्जनको बलियो स्रोत निर्माण गरेका छन् ।
मकवानपुरको मनहरी–४, मुसेधापमा बसोबास गर्ने लोपोन्मुख वनकरिया तथा चेपाङ समुदायका महिलाले खेर गइरहेको जडीबुटीबाट अर्गानिक साबुन उत्पादन गरिरहेका छन् । तीन दशकअघिसम्म जंगलमा फिरन्ते जीवन बिताइरहेका लोपोन्मुख वनकरिया समुदायका महिलाले घ्युकुमारी, तितेपाती र निमको पातबाट भाँडा माझ्ने, लुगा धुने र नुहाउने साबुन उत्पादन गर्छन् ।
वनकरिया समुदायकी अगुवा महिला सन्तोषी वनकरियाका अनुसार महिनामा ५० रुपियाँ बचत गरेर २० हजार रुपियाँको लगानीमा १४ जना वनकरिया तथा चेपाङ समुदायका महिला मिलेर वनकरिया तथा चेपाङ महिला साबुन उद्योग दर्ता गरेर सञ्चालन गरिरहेका छन्। उनका अनुसार सानो, मध्यम र ठुलो साबुन उत्पादन गरेका वनकरिया महिलाले प्रतिगोटा २० देखि ६० रुपियाँसम्ममा साबुन बेच्ने गरेका छन् । उनले यहाँको साबुन हेटौँडा र काठमाडौँमा बिक्री गर्ने गरेको बताइन् ।

















































पालिका प्रेस 











प्रतिक्रिया दिनुहोस्