प्रशासन सेवातर्फका १८ जना सहसचिवमा र ५७ जना उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । कार्यक्षमताको मूल्यांकनबाट सहसचिवमा बढुवा सिफारिस भएकाहरुको नामावली आज सार्वजनिक भएको हो ।
बढुवा समितिको सचिवालयले सार्वजनिक गरेको सिफारिस सूची अनुसार सहसचिवमा प्रेम प्रसाद लुइटेल पहिलो नम्बरमा बढुवा सिफारिस भएका छन् । त्यसपछि क्रमशः रामदत्त पाण्डेय, लक्ष्मण ढकाल, बिनिता भट्टराई, दिल कुमार तामाङ, लक्ष्मी पाण्डेय (गौतम), मनिता श्रेष्ठ, लोक बहादुर सुनार र जगदिश्वर उपाध्याय सिफारिसमा परेका छन् ।
यसैगरी प्रशासन सेवाका ३९, लेखाका ११ र राजश्वका ७ गरी जम्मा ५७ जना अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।
हेर्नुहोस् बढुवा सिफारिस सूचना-
प्रतिक्रिया दिनुहोस्