
अन्य प्रदेशबाट कामकाजका लागि गण्डकी प्रदेशका स्थानीय तहमा सरुवा भएर आएका कर्मचारीको तहबृद्धि र दरबन्दी कायम नहुने भएको छ ।
गण्डकी प्रदेश सरकारले एउटा परिपत्र जारी गर्दै अन्तर प्रदेश सरुवा भएर गण्डकी प्रदेश भित्रका स्थानीय तहमा कामकाजका लागि खटिएका कर्मचारीको तहबृद्धि र दरबन्दी कायम नगर्न स्थानीय तहहरुलाई निर्देशन दिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले गण्डकी प्रदेशभित्रका सबै स्थानीय तहलाई प्रमुख सचिवस्तरीय निर्णय भन्दै गरेको पत्राचारमा अन्तर प्रदेश सरुवा भएर आएका कर्मचारीको तहबृद्धि र दरबन्दी कायम नगर्न भनेको हो ।
प्रतिक्रिया दिनुहोस्