
देशभरका ५५१ स्थानीय तहमा गरिबी निवारण कोषको रकम लगानी भएको छ । तर, कोषको रकम लगानी भएका स्थानीय तहले सम्पर्क व्यक्तिको विवरण नदिएपछि अहिले लगानीको अद्यावधिक विवरणसहित सम्पर्क व्यक्तिको विवरण मागिएको छ ।
यसरी सम्पर्क व्यक्तिको विवरण नदिनेमा मकवानपुरको ६ वटा पालिका रहेका छन् । हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, कैलाश गाउँपालिका, भीमफेदी, मनहरी र राक्सिराङ गाउँपालिकाले सम्पर्क व्यक्तिको विवरण नपठाएको संद्दीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कोषको रकम लगानी भएको अद्यावधिक विवरण मागेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत भूमि व्यवस्था मन्त्रालयले कोषको रकम लगानी भएका स्थानीयसँग अद्यावधिक विवरण र सम्पर्क व्यक्तिको विवरण उपलब्ध गराउन माग गरेको हो ।
प्रतिक्रिया दिनुहोस्