पालुङ जेसिज वर्ष २०२५ को अध्यक्ष पदमा माधव कार्की निर्वाचित भएका छन् । २४ पुसमा भएको साधारणसभा अन्तर्गत भएको निर्वाचनबाट निकटतम प्रतिस्पर्धी संजय गोपालीलाई १४ मतले पराजित गर्दै कार्की अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

अध्यक्ष पदका लागि भएको निर्वाचनमा कार्कीले ५९ मत प्राप्त गर्दा गोपालीले ४५ मत प्राप्त गरे । निर्वाचित कार्की सन् २०१५ बाट पालुङ जेसिजमा आवद्ध भएका हुन् । उनी जेसिजमा आवद्ध भएसंगै २०२० मा भरतरत्न छात्रवृत्ति कार्यक्रम संयोजक, २०२१ मा उपाध्यक्ष, २०२२ मा शाखा सम्पादक, २०२३ मा कोषाध्यक्ष भइसकेकाका छन् ।

कार्कीले यस अघि २०२४ को अध्यक्षका लागि निर्वाचनमा भाग लिएका थिए । उनी निरज रायमाझीसंग ४२ मतले पराजित भएका थिए । सो निर्वाचनमा रायमाझीले ६५ मत प्राप्त गर्दा कार्कीले २३ मत पाएका थिए । यसवर्ष भने उनले मतदाता आफ्नो पक्षमा पार्न सफल भए ।

यस बर्ष कुल १ सय १२ जना मतदाता रहेको पालुङ जेसीजको वर्ष २०२५ को अध्यक्ष पदको लागि भएको निर्वाचनमा १ सय ४ मत खसेको निर्वाचन आयुक्त कार्कीले बताए ।

त्यसैगरी कार्यकारिणी उपाध्यक्षमा अजित कार्की र स्मिता विष्ट निर्वाचित भएका छन् ।

उपाध्यक्ष पदमा विश्वनाथ रायमाझी, रोशनी गोपाली, शिशिर कुमार खत्री र विकेशबाबु बस्नेत निर्वाचित भएको निर्वाचन अधिकृत संगम कार्कीले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी