काभ्रेको नमोबुद्ध नगरपालिकाले भवनका लागि जग्गाको खण्डीकरण वा प्लटिङ गर्दा स्वीकृति लिन आह्वान गरेको छ । सोमबार नगरपालिकाले सार्वजनिक सूचना निकालेर स्वीकृति नलिई जग्गाको खण्डीकरण वा प्लटटिङ नगर्न आह्वान गरेको हो ।

सूचनालाई अटेर गरेर जग्गाको खण्डीकरण कार्य नरोकेमा प्रचलित कानुन बमोजिम कारबाही प्रक्रियाअगाडि बढाइने मेयर कुनसाङ लामाले जारी गरेको सूचनामा उल्लेख छ ।

व्यवस्थित सहरीकरणको विकास गर्ने नगरपालिकाको लक्ष्य रहेको हुँदा प्रचलित कानुनबमोजिम पूर्वस्वीकृत लिएर मात्र जग्गा खण्डीकरण एवं प्लटिङ गर्न आग्रह गरिएको छ । पूर्वस्वीकृत बिना जग्गाको खण्डीकरण गर्ने काम गरेमा नगरपालिकावाट प्रदान गरिने सेवा सुविधा एवं सिफारिस रोक्का गर्नुका साथै नक्सापास गर्न समेत बाध्य नहुने चेतावनी दिइएको छ ।

WhatsApp-Image-2025-01-13-at-15.10.18-1736769038.jpeg

पालिका प्रेस
थप जानकारी